२२, वैशाख, श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. ११ वसेनीमा प्रेस चौतारीको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।
प्रभु हाउजिग एण्ड प्रोर्पटी डिर्लस प्रा.लि.का केशव कार्कीले चौतारीलाई झण्डैं ७० लाख भन्दा बढि रकम पर्ने १० धुर जग्गा दान गरेका थिए । सो जग्गामा चौतारी चितवनले देशकै पहिलो भवन बनाउने काम अगाडि बढाएको चौतारी चितवनका अध्यक्ष पण्डितले बताए । भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चौतारीले देशकै पहिलो आफ्नो भवन बनाउन लागेकोमा खुुसी ब्यक्त गर्दै चौतारी केन्द्रका तर्फबाट सहयोग जुटाउन सक्दो पहल गर्ने बताए । अध्यक्ष वस्नेतले नेपाली श्रमजीवी पत्रकारको हितरक्षा, आम सञ्चारसँग सम्बन्धित नीतिहरु निर्माणहरुको अगुवाई र पार्टी प्रचारको अभियानको नेतृत्व गरीरहेको चौतारीले भौतिक संरचना निर्माणपनि अभियानको रुपमा चलाउने बताए । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, प्रेस चौतारीका महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, पत्रकार महासंघका सचिव सिर्जना अर्याल, महासंघ चितवन अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली लगायतले शुभकामना ब्यक्त गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले चितवन अध्यक्ष न्यौपानेले पार्टीका तर्फबाट १ लाख १ हजार २१, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले ५० हजार ५ सय ५०, चौतारीका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले ५० हजार, व्यावसायी बचन कार्कीले ५५ हजार ५ सय ५५ र पत्रकार महासंघ चितवना अध्यक्ष नारायण अधिकारीले एक ट्रिप ढुंगा उपलब्ध गराउने घोषणा गरे । साढे ३ तले भवनको कुल लागत १ करोड ३० लाख रहेको छ । भवनको भुईं तलामा कार्यालय भवन, दोस्रो तलामा हल, तेस्रो तलामा आवासिय कोठा र त्यसमाथि किचनसहितको संरचना रहने चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए । चौतारीले भवन निर्माणमा आर्थिक सहयोग जुटाउन गत कार्तिक ४ गते वृहत सांस्कृतिक तथा सांगितिक साँझको आयोजना गरेको थियो । भवन निर्माणका लागि ठेक्का सम्झौता भईं निर्माण कार्य अगाडि बढेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए । २०८० साल भित्र भवन निर्माण गरिसक्ने लक्ष्यसहित थालिएको निर्माणमा सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष पण्डितले बताए । भवन निर्माणका लागि अलग्गै खाता खोलेर विभिन्न समितिहरु गठन गरिएका छन् । भवन निर्माणका लागि शंकर अधिकारीको संयोजकत्वमा लेखा समिति, संस्थापक एवम् पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु छिमेकीको संयोजकत्वमा सल्लाहकार समिती, तिलकराम रिमालको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।
प्रेस चौतारी नेपालकाे देशकै पहिलो भवन बन्दै, अध्यक्ष बस्नेतले गरे शिलान्यास
Halesi Khabar
0
Shares
तपाईको प्रतिक्रिया
- १. पक्की पुल बाढीले बगाएपछि फोक्सिङटारमा अस्यायी बेलिब्रिज जडान गर्न ठेक्का आव्हान
- २. पाठेघर खस्ने समस्या भएका १९ जना महिलाको निःशुल्क शल्यक्रिया
- ३. ‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ महिला फुटबल प्रतियोगितामा हलेसी च्याम्पियन
- ४. हलेसीमा महिला फुटबल प्रतियोगिता : आयोजक र प्रगतिशील सेवा समाज विजयी
- ५. अलपत्र ‘लोकतान्त्रिक सिँचाइ कुलो आयोजना’को काम पुनः शुरु गर्ने सर्वपक्षीय सहमति
- ६. मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ : करिब एक लाख पर्यटक भित्र्याउने तयारी