खोटाङ, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको २४ औँ जिल्ला सम्मेलन असोज पहिलो साता हुने भएको छ । दिक्तेलस्थित एमाले पार्टी कार्यालय पुष्पलाल स्मृति भवनमा मङ्गलबार बसेको अनेरास्ववियुको बिस्तारित बैठकले जिल्ला सम्मेलनको मिति टुङ्गो लगाएको हो ।
अधिवेशनका लागि यम खड्का संयोजक र बिष्णु उपरकोटी सहसंयोजक रहेको आयोजक कमिटि गठन गरिएको छ । सम्मेलनअधि जिल्लाका सबै प्रारम्भिक कमिटिको अधिवेशन सक्नेगरी कार्य विभाजनसमेत गरिएको अनेरास्ववियु खोटाङले जनाएको छ ।