खोटाङ, ११ असार । बराहपोखरी गाउँपालिकाले स्थानीय आर्थिक विकासका कार्यक्रममा जोड दिने १३ औँ गाउँसभामा पेश गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेको गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि गाउँपालिका प्रमुख शालिकराम बञ्जराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा युवा जनशक्तिलाई कृषि व्यवसायप्रति आकर्षित गर्दै स्थानीय आर्थिक विकास गने लक्ष्य राखेको हो ।
‘कृषि, पर्यटन, प्राकृतिक सम्पदता र पूर्वाधार, समृद्ध वराहपोखरी गाउँपालिकाको आधार’ भन्ने मूल नारासहित पेश गरिएको नीति तथा कार्यक्रममा युवा जनशक्तिले उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउने लक्ष्य राखिएको छ । गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै शुसासनको अनुभूति जनमानसमा पु¥याउन विद्युतीय सुशासन प्रणालीलाई ब्यापक र प्रभावकारी बनाउने नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ ।
नेपाल सरकारले १०० वटा गन्तव्यमा सूचीकृत गरेको बराह तालसमेत रहेको उक्त गाउँपालिकाले आफ्नो गाउँपालिकाले जिल्लाकै उत्कष्ट गन्तव्यको रुपमा विकास गर्ने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको रुपमा विकास गर्ने, प्रविधिमैत्री र योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको पाइएको छ । रोजगारीको खोजिमा विदेश पलायन हुने युवा जनशक्तिलाई गाउँमै रोजगारीको सिर्जना गरेर उनीहरुलाई आफ्नै गाउँमा आकर्षक तरिकाले बसोबास गर्ने व्यवस्था मिलाउने गाउँपालिका प्रमुख बञ्जराले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि रु ३७ करोड ४७ लाख ५९ हजार बराबरको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सङ्घ र प्रदेश सरकार तथा गाउँपालिकाको आन्तरिक राजश्व एवम् बैङ्क मौज्दातलाई समेत समेटेर गाउँपालिका उपप्रमुख भूवलराज राईले बजेट प्रस्तुत गर्नुभएको हो ।