केपिलासगढी गाउँपालिकाको पहिलो प्राथमिकता कृषि र शिक्षा

Halesi Khabar
0 Shares

खोटाङ, ११ असार । केपिलासगढी गाउँपालिकाले कृषि र शिक्षालाई पहिलो प्रथामिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । गाउँपालिकाको १३ औँ गाउँसभामा उपप्रमुख गुरुराज राईले प्रस्तुत गर्नुभएको रु ४९ करोड ५८ लाख ७७ हजार ५७६ बराबरको बजेट पारित भएको छ ।

गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त कुल अनुदान रु ४३ करोड १९ लाख १८ हजार १०० मध्ये, वित्तीय समानीकरणतर्फ रु सात करोड ७३ लाख, राजश्व बाँडफाँडतर्फ रु सात करोड ८५ लाख ९९ हजार १००, सशर्त अनुदानतर्फ रु १८ करोड ७५ लाख, समपूरक अनुदानतर्फ रु ८० लाख, विशेष अनुदानतर्फ रु एक करोड १५ लाख बजेट ल्याएको छ । यस्तै, सामाजिक सुरक्षाभत्ताका लागि रु छ करोड ९० लाख १९ हजार बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट प्राप्त कुल अनुदान रु दुई करोड ९२ लाख ४३ हजार, वित्तीय समानीकरणमध्ये रु ४५ लाख ७४ हजार, सशर्त अनुदानतर्फ रु एक करोड ९६ लाख तीन हजार, समपूरक अनुदानतर्फ रु एक करोड, सवारी कर बाँडफाँडतर्फ रु ३७ लाख छ हजार विनियोजन गरिएको जनाइएको छ । यस्तै, जि.फाउन्डेसन र सिर्जनशील भरिया समाजबाट यस पालिकामा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि रु दुई करोड ९७ लाख १६ हजार ४७६ बजेट बाँडफाँड गरिएको हो ।

तपाईको प्रतिक्रिया