खोटाङ, १४ असार । जननेता मदन भण्डारीको ७२ औँ जन्म जयन्ति जिल्ला अस्पताल खोटाङमा रहेका बिरामीलाई फलफूल वितरण गरेर मनाइएको छ । नेकपा एमाले खोटाङले फलफूल वितरण गरेर जननेता भण्डारीको जन्म जयन्ती मनाएको हो ।
अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, सचिव आचार्य, उप–सचिव सुरेन्द्रकुमार राई लगायतले अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गर्नुभएको हो ।
जननेता भण्डारीको वि.सं. १९०९ असार–१४ गते ताप्लेजुङको ढुङ्गेसागुमा जन्मनुभएको थियो । जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय राजनीतिमा लाग्नुभएका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्कसवादी–लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्कसवादी)लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्वपूर्ण भूमिका खेख्नुभएको थियो ।
भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो । तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० जेठ–३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।