कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

Halesi Khabar
0 Shares

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यो आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजजासले थापालाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षर लगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखको असार २१ को निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र झिकाउन आदेश दिएकी हुन्।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मंगलबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याइनेमा राखिएको थियो ।

एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको थियो । पुर्बेली प्रेेेसबाट साभार

तपाईको प्रतिक्रिया