खोटाङमा यसरी मनाइयो २१० औँ भानु जयन्ती

Halesi Khabar
0 Shares

खोटाङ,२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती खोटाङमा पनि मनाइएको छ । शुक्रबार दिक्तेलबजारस्थित भानुचौकमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको हो ।

माल्यार्पण कार्यक्रममा नेकपा (एमाले) खोटाङका सचिव कुमार आचार्य, नगर अध्यक्ष गोपाल आचार्य नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य बिनोद आचार्य, नेपाल बारका केन्द्रिय सदस्य नारायणदास राई ,युवा साहित्यकार ओमप्रकाश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नबराज राई खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन आचार्यलगायतले माल्यार्पण गर्दै नेपाली भाषा र साहित्य क्षेत्रमा भानुभक्तले पुर्‍याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।

वि.सं. २०५६ सालमा स्थानीय भिम शैजुको अगुवाईमा भानुभक्तको सालिक निर्माण गरी भानुचौकमा स्थापना गरेको नेकपा (एमाले) खोटाङका सचिव आचार्यले जानकारी दिनुभयो । भानुभक्तको सालिकलाई अझ व्यवस्थापन तथा पार्क निर्माण गर्नका लागि समुदायस्तरबाट ४ लाख २४ हजार रकम सङ्कलन गरिएको एमाले सचिव आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया