खोटाङ, १० भदौ । सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड कम्पनी शाखा खोटाङले मृत्यु दाबी भुक्तानी गरेको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी उत्तरकुमारी राईको परिवारलाई रु दुई लाख २६ हजार ४०० मृत्यु दाबी भुक्तानी गरेको हो ।
मृतक राईको हकवाला राजन राईको श्रीमती आशा राईलाई चेक हस्तान्तरण गरिएको खोटाङ शाखा प्रमुख सन्तोष राईले बताउनुभयो । सानिमा रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड कम्पनीमा वि.सं. २०७६ माघ–२९ गते १५ वर्षे सरल जीवन बीमा गर्नुभएकी राईको गत जेठ–२४ गते काठमाडौँमा मृत्यु भएको थियो ।
राईले १५ वर्षमा रु दुई लाख जम्मा गर्नेगरी वार्षिक रु १३ हजार ८१० का दरले तीन किस्तामा रु ४१ हजार ४३० जम्मा गर्नुभएको थियो । रिलाईन्स लाईफ ईन्स्योरेन्स लिमिटेड कम्पनीले यसअघि घातक रोग बापत एउटै व्यक्तिलाई रु १५ लाखसम्म भुक्तानी दिएको थियो ।