पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त

Halesi Khabar
0 Shares

खोटाङ, २२ भदौ । खोटाङ प्रदेशसभा १ (क)का प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण र उद्याेग, कृषि तथा सहकारीमन्त्री नियुक्त हुुनुभएकाे छ ।  नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित पिकेलाई शुक्रबार साँझ नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

मन्त्री पिकेसँगै तीलकुमार मेन्याङ्बो उर्जा, सिँचाइ तथा जलश्रोत, स्वास्थ्य मन्त्रालय, उद्योग, भूमि व्यवस्था तथा कृषि र एकराज कार्की भौतिक पूर्वाधार विकास र सृजना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । सर्वोच्च अदालतको बिहीबारको परमादेश अनुसार नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

वन, वातावरण तथा पर्यटनमन्त्री नियुक्त हुनुभएका पिके कोशी प्रदेश सचिवालय सस्दस्य तथा संविधानसभा सदस्य हुनुहुन्छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दल एमाले नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया