सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न÷नगराउन सर्वपक्षीय भेलाको आग्रह

Halesi Khabar
0 Shares

खोटाङ, १० असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले आयोजना गरेको सर्वपक्षीय भेलाले सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न÷नगराउन जिल्लाबासीलाई आग्रह गर्ने निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने स्टाटसहरु लेख्ने गतिविधि बढेपछि बुधबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले अब उप्रान्त सामाजिक सद्भाव भड्काउने गतिविधि नगर्न÷नगराउन सबैले सकारात्मक भूमिका निभाउन पहल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा बसेको सर्वपक्षीय भेलामा सहभागीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर सामाजिक सद्भाव भड्काउने, व्यक्तिगत रिसिइबीको भरमा एकले अर्काको व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पु¥याउने लगायतका गतिविधि बढेको प्रति चिन्ता व्यक्त गरेका छन् । भेलामा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

भेलाले जिल्लामा क्रियाशील पत्रकार र सञ्चारमाध्यमहरुबाट सबैमा सकारात्मक सन्देश जाने खालका सूचना तथा सामाग्रीहरु प्रकाशन गराउने पनि निर्णय गरेको छ । भेलामा सहभागी पत्रकारहरुले पनि सामाजिक सद्भाव कायम गर्न आफूहरुको तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

सर्वपक्षीय भेलामा विकास निर्माणका कामहरुमा भएका ढिलासुस्ती एवम् लापरबाहीका बारेमा सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिनुभएको छ । “सर्वपक्षीय भेलामा जिल्लामा भइरहेका पछिल्लो गतिविधि लगायत सबै विषयमा बृहत छलफल भयो । जिल्लामा सञ्चालित विकास निर्माणका कामहरुमा निर्माण व्यवसायीको ढिलासुस्ती एवम् लापरबाही देखिएको छ”, उहाँले भन्नुभयो, “विकास निर्माणका कामहरुमा भइरहेको ढिलासुस्ती एवम् लापरबाहीका बारेमा सरोकारवाला पक्षहरुबीच सूचना आदानप्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने निर्णय गरिएको छ । प्रशासनले आयोजना गरेको यो सर्वपक्षीय भेलाले सकारात्मक सन्देश दिएको छ ।”

यसैबीच, सर्वपक्षीय भेलाले असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गर्ने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’लाई सफ बनाउन सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले जिल्लाका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्धेश्यले पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम आयोजना गरेको हो ।

नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता हुने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जनाभन्दा बढी कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् । जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष चित्रकला, सँस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो । लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ ।”

नगरपालिकाले विनियोजन गरेको रु १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ । चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया