खोटाङ, २१ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी भएका स्वदेशी तथा विदेशी चित्रकाररूलाई विदाई गरिएको छ । आइतबार बिहान दिक्तेलबजारस्थित शुभद्रा मदन फाउण्डडेसनमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारहरूलाई मायाको चिनो प्रदान गरी विदाई गरिएको हो ।
असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन भएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा स्वदेशका १७ जना र विदेशका २० जना चित्रकारहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई नगरउपप्रमुख विशन र धनु आर्ट स्टुडियोका सञ्चालक धनु याक्खाले विदाई गर्नुभएको हो । १४ देशका चित्रकारले दिक्तेलका विभिन्न ठाउँमा क्यानभासमा लाइभ चित्र उतारेका थिए ।