‘रातिसम्म साथीहरु पर्खेर बस्नु भएको छ। साथीहरु म आधा घण्टामा आउँदै छु है ।’ ओलीले त्यति सन्देश छाडेर नुवाकोट पुग्दा मध्यरात हुन लागेको थियो । मध्यरात वरीपरी ओली नुवाकोटको बटार पुग्दा त्यहाँ एमाले नेतृत्वको प्रतिक्षामा बस्नेको भीड कम भएको थिएन । ओलीले त्यो सभामा सम्वोध गर्दै मध्यपहाडी लोकमार्गलाई स्तरोन्नति गर्ने कुरामा एमालेको गम्भीर ध्यान गएको बताउनुभयो ।
उहाँले राजमार्ग राजमार्ग जस्तो नभएको भन्दै गठबन्धनको सरकारले केही गर्न नसकेको भन्दै आफूहरुले अब समृद्धिको यात्रा अघि बढाउने पनि ओलीले उद्घोष गर्नुभयो । एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प अभियान अन्तर्गत शनिबार राति नुवाकोटको बट्टारमा आयोजित सभालाई सम्बोधन उक्त मार्ग नबन्दा व्यापार व्यवसायदेखि बिरामीको उपचारमा समेत समस्या परेको बताउनुभयो ।
नेपालका हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनु पर्नेमा ओलीले जोड दिनुभयो । बाटाबाटामा भव्य स्वागतसहित बटार पुग्नु भएका ओलीसहितको टोलीलाई त्यहाँ पनि भव्य स्वागत गरिएको थियो । सभामा सम्वोधन गर्दा निकै उत्साहित हुनुभएका अोलीले अब हिजोको जस्तो निर्वाहमुखी होइन समृद्धिको यात्रामा अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो । यही सन्देश लिएर नेकपा एमालेले मङ्सिर १४ गतेबाट अभियान सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । यात्राको क्रममा राति १० बजेसम्म पनि नागरिकले पर्खिएर शुभकामना दिएको भन्दै ओलीले धन्यवाद व्यक्त पनि गर्नुभयो ।
एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र कुन अवस्थामा पुगेको छ भन्ने नेपालीले अनुभूत गरेका उहाँले बताउनुभयो । जे गरे पनि पाइने, जे गरे पनि हुने अवस्थामा देश पुगेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ओलीले एनसेल कम्पनी प्रकरणमा ठूला आर्थिक अपराधको काम भइरहेको टिप्पणी पनि गर्नुभयो । २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले सो कुरा छल्नलाई कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताउनुभयो । ‘खरबौँको कारोबार अरबमा गर्ने अत्यन्त अपराधपूर्ण काम भएको छ’, ओलीले भन्नुभयो ।
देशलाई कंगाल बनाएर केही मानिसले ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न ओलीले सरकारलाई आग्रह गर्नुभयो । यो खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो । सरकार भ्रष्टाचार र सुन तस्करी काण्डमा डुबेको पनि ओलीले टिप्पणी गर्नुभयो ।
ओलीले सम्वोधन सकेपछि पनि निकै मार्मिक सन्देश सार्वजनिक गर्दै लेख्नुभएको छ– चाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन रातिको सवा दश बज्यो, हाम्रो यात्राका यात्रीहरू जूनकीरी झैं ज्योति बालेर चम्किरहेका छन् । यो काठ्याङ्ग्रिंदो चिसोमा पनि राति अबेरसम्म यात्रामा सहभागी हुनुभएका नुवाकोट बट्टारबासी दिदीबहिनी, दाजुभाइ र युवाहरुमा धन्यवाद शुभरात्री ! सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ । आज यो टोली काभ्रेको धुलिखेल बस्ने कार्यक्रम छ ।