भोजपुरमा ओली: किराँतीको फेटा बाँधे, शेर्पाको टोपी लगाए

343 Shares

नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भोजपुर आइपुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितकाे टोली खोटाङको दिक्तेलबाट भोजपुर आइपुगेको हो ।

एमालेको यो अभियानलाई अवरोध गर्नका लागि पहिचान पक्षधरले बन्दको घोषणा गरेपनि खासै प्रभावकारी देखिएको छैन । विना कुनै अवरोध एमालेको टोली भोजपुरको सदरमुकाम आइपुगेको छ । खोटाङबाट भोजपुर आएका ओलीलाई स्वागत गर्न चखेवा भञ्ज्याङमा किराँती भेषभुसा र बाजागाजासहित पुगेका थिए ।

उनीहरूले ओलीलाई किराँती भेषमा सजिएका थिए । त्यसपछि ढोल झ्याम्टासहित पुगेका स्थानीयले साकेला नाच्दै ओलीलाई स्वागत गरे । सहभागीलाई स्वागत गर्न गाउँगाँउबाट वृद्धवृद्धादेखि सर्वसाधारण र बालबालिकाको उल्लेख्य सहभागिता थियोे ।

चखेवाबाट भोजपुर आउने क्रममा उनले विभिन्न स्थानमा रोकिएर स्थानीयहरुसँग भेट गरेका थिए । टेम्केमैयुममा ओलीलाई स्थानीयले सुन्तलाको माला लगाइदिएका थिए ।

भोजपुरमा ओलीलाई स्थानीयले शेर्पा जातिले लगाउने टोपी लगाइदिएर स्वागत गरेका छन् । भोजपुरको एउटा कार्यक्रमलाई सम्बोधन गरेर आज भोजपुरमै बास बस्ने एमालेको कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया