सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा खोटाङका दुई जनाको मृत्यु

1.6k Shares

खोटाङ– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरेटारमा सोमबार बस मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार चालक हलेसी तुवाचुङ नगरपालिका –२ डिकुवाका २० वर्षीय सुसन राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकाकी १८ वर्षीया मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ ।

बा प्र ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरका मोटरसाइकल ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपि चिरन्जीवी दाहालले जानकारी दिए।

अहिले घटनास्थलमा भीड भएका कारण सडक अवरुद्ध अवस्थामा छ। सबै सवारीसाधन रोकिएका र खुलाउने प्रयास भइरहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया