अख्तियारको सचेतनामूलक कार्यक्रम : भ्रष्टाचार नियन्त्रणमा सबैको दायित्व उत्तिकै हुनुपर्छ !

Halesi Khabar
742 Shares

खोटाङ, ३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार खोटाङको दिक्तेल बजारमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो । अख्तियारको स्थानीय तहस्तरीय सचेतनामूलक कार्यक्रम अन्तरगत दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सबैको दायित्व उत्तिकै हुने बताएका छन् ।

कार्यक्रममा सहभागी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका स्थानीय बासिन्दा एवम् चम्पावती माध्यमिक विद्यालयका कार्यवाहक अध्यक्ष चुडामणि चाम्लिङले भष्टाचार सरकारका जिम्मेवार व्यक्तिबाट बढी हुने गरेको दाबी गर्नुभयो । “मैले एउटा विद्यालयको भवन निर्माणको काम जिम्मा लिएको थिएँ । त्यो भवन रु २३ लाखमा सम्पन्न गर्नुपर्ने थियो । त्यसमा मैले रु छ लाख घाटा व्यहोर्नुप¥यो”, उहाँले भन्नुभयो, “नगरका प्राविधिकले जसो–जसो भन्यो, त्यसो–त्यसो गरेँ ! प्राविधिकले भनेअनुसार काम गर्दा रु पाँच लाख घाटा व्यहोरेँ ! पछि फरफारक गर्नेक्रममा प्राविधिकलाई रु एक लाख दिनुप¥यो । मैले कमजोरी नगर्दासमेत घुस खुवाउनुप¥यो ! अब भन्नुस्, गुणस्तरीय काम नभएको ठाउँमा कसरी मिलेमतो हुन्छ भनेर । भ्रष्टाचार नियन्त्रण गर्नका लागि सबैको दायित्व उत्तिकै हुनुपर्छ । अनिमात्र देश भ्रष्टाचारमुक्त हुन्छ ।”

कार्यक्रममा सहभागी अर्का वक्ता अर्थात सरस्वती माध्यमिक विद्यालय दिक्तेलको विद्यालय व्यवस्थापन समिति सदस्य अकेला राईले भ्रष्टाचार निवारणका लागि देशको सिस्टम (पद्दति) ठीक हुनुपर्ने बताउनुभएको छ । “वर्तमान अवस्थामा देश सिस्टममा चलेको छैन । उच्च ओहदाका व्यक्तिबाटै सिस्टम मिच्ने काम भएको छ । देश सिस्टममा नचलेसम्म भ्रष्टाचार निवारणको कुरा सम्भव छैन”, उहाँले भन्नुभयो, “भ्रष्टाचार निवारण गर्न सबैले सिस्टमको पालना गर्नुपर्छ । देशमा सिस्टमको पालना नभएसम्म भ्रष्टाचार निवारण गर्छु भन्नु कोरा नारामात्र हुन्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सिस्टम पालना गरौँ ।”

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका पूर्वअध्यक्ष एवम् नेपाल वाइड डटकमका सम्पादक पत्रकार दमन राईले अख्तियारमा परेको मुद्दाको फैसला तथा फैसला कार्यान्वयनको विषय जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । “अख्तियारमा उजुरी प¥यो भन्ने जानकारी आउँछ । तर, त्यो विषय कहिले र कसरी कार्यान्वयन भयो भन्ने कुरा खासै जानकारीमा आउँदैन । यसले जनतामा अन्यौलता सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “अख्तियार हाउगुजी हैन होला ! कारबाही यस्तो हुन्छ भनेर जनस्तरसम्म पु¥याउन सके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारिता अझ बढेर जान्थ्यो । आगामी दिनमा यसप्रति अख्तियारले विचार गर्नुपर्ने देखिएको छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाबाट यस वर्ष २०७०÷०८० मा ७५ वटा मुद्दा अख्तियारमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविनबाबु रेग्मीले जानकारी दिनुभएको छ । “दश स्थानीय तहमध्ये सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाको २३ वटा मुद्दा परेको छ । जन्तेढुङ्गा गाउँपालिकाको एउटा मुद्दा पनि अख्तियारमा परेको छैन । मुद्दा प¥यो भन्दैमा भ्रष्टाचार नै भयो भन्ने हुँदैन । मुद्दा नपरेको ठाउँमा पनि भ्रष्टाचार भएको हुनसक्छ”, अन्तरक्रिया कार्यक्रमका लागि कार्यपत्र प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “मुद्दा पर्नुलाई हामीले सकारात्म सोच्ने गरेका छौँ । गलत कामलाई खबरदारी गर्नु सचेत नागरिकको अधिकार हो । बिस्तारै मानिसमा चेतनाको विकास हुँदै गएको छ । सबै सचेत भएको खण्डमा मात्र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सक्छौँ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख विशन राई, चम्पावती मावि विजयखर्कका प्रधानाध्यापक जेनी राई, सरस्वती मावि दिक्तेलका शिक्षक टंक कटवाल, मानव अधिकारकर्मी हीराबहादुर निरौला, नेर्पाका स्थानीय बासिन्दा एवम् कृषक भोगेन राई ‘एक्ले’ र दिक्तेलका भूमिराज खत्री, पत्रकार डम्बरसिं राई लगायतले आ–आफ्नो धारण राखेका थिए । उनीहरु सबैको एउटै स्वर छ, भ्रष्टाचार नियत्रणका लागि सबैको दायित्व उत्तिकै हुनुपर्छ ।

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै नगर प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि तीर्थराज भट्टराईले आफूहरु भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अनुरुप अगाडि बढेको बताउनुभएको छ । “हाम्रो नगरमा भ्रष्टाचार भएको छैन भन्ने हाम्रो दाबी हो । हाम्रै नगरमा कार्यरत एकजना अधिृकतस्तरका कर्मचारीले गलत मनसायका साथ हामीविरुद्ध अख्तियारमा उजुरी दिएको पुष्टि भएको छ । त्यसको हिसाबकिताब बिस्तारै हुने नै छ । अख्तियारले समेत निष्पक्ष छानविन गरोस् । दोषी भए म आफै जेल जान तयार छु”, उहाँले भन्नुभयो, “हाम्रो नगरमा भएका कमीकमजोरीहरुलाई तपाई पत्रकारहरुले उजागर गरिदिनुस् । यसले आगामी दिनमा हामीलाई पनि सच्चिएर अगाडि बढ्ने अवसर हुनेछ । हाम्रो राम्रा÷नराम्रा भए÷गरिएका हरेक गतिविधिलाई नियालेर कलम चलाइ दिनुहोस् । ताकि, जनताले समेत सुसूचित हुने अवसर पाप्त गर्नेछन् ।”

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आयोगमा परेका उजुरीसँग सम्बन्धित विभिन्न मुद्दाका कागजातहरु मागेको छ । नगरपालिकाद्धारा सञ्चालित विभिन्न शीर्षकका योजनाहरुमा अनियमितता भएको भन्दै विभिन्न निकाय तथा व्यक्तिबाट अख्तियारमा परेको उजुरी सम्बन्धीका फाइलहरु अख्तियारले मागेको नगरपालिका स्रोतले जनाएको छ ।

पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यस आर्थिक वर्ष २०७९÷०८० मा २२ वटा मुद्दा परेको जनाइएको छ । विभिन्न शीर्षकमा परेको मुद्दामध्ये आठवटा मुद्दा फछ्र्यौट भएको अख्तियारले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया