विद्यालयहरुले सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष भीमज्वाला राई

Halesi Khabar
210 Shares

धरान, १९ फागुन । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले निजी तथा आवासीय विद्यालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न आनाकानी गर्न नहुने बताउनुभएको छ । शनिबार धरानमा रहेका निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरुको भेलामा राईले त्यस्तो बताउनुभएको हो ।

सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनले विद्यालयलाई नै जोखिम कम हुने भएकाले सामाजिक सुरक्षा कोषमा समेट्न अध्यक्ष राईले गर्नुभएको छ । मजदुरहरुको जीवनचत्रमा आइपर्ने समस्यालाई सम्बोधन गर्नेगरी सामाजिक सुरक्षा कोषले ल्याएको चारवटा स्किमलाई विद्यालयले कभर गर्नुपर्छ अन्यथा कोषमा मजदुरहरुलाई सहभागी गराउनुपर्छ अध्यक्ष राईले बताउनुभयो ।

बिरामी हुँदा उपचार, दुर्घटनामा घाइतेहुँदा उपचार, मृत्युहुँदा आश्रित परिवारलाई राहत र बुढ्यौलीमा पेन्सनको व्यवस्था सामाजिक सुरक्षा कोषले व्यवस्था गरेकाले मजदुरहरु कोषमा सहभागी हुनु अनिवार्यरहेको अध्यक्ष राईले जानकारी गराउनुभयो । त्यसका लागि मजदुरहरुले आफ्नो न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र विद्यालयले २० प्रतिशत योगदान गर्नुपर्ने र त्यसका लागि मजदुर, सगङ्ठन र व्यवस्थापकबीच छलफल आवश्यक रहेको अध्यक्ष राईले बताउनुभयो ।

भेलाले गौतम ताम्राकारको अध्यक्षतामा ११ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन स्कूल इकाई समिति धरान गठन गरेको छ । समितिको उपाध्यक्षमा मोहनकुमार थापा, सचिवमा डिकबहादुर लकान्द्री, सहसचिवमा मनीकुमार तामाङ, कोषाध्यक्षमा थामबहादुर राई चुनिनु भएको छ ।

यस्तै सदस्यहरूमा दलबहादुर लिम्बू, खेमराज शर्मा, देवराज थापा, सुवास तामाङ, अजय तामाङ, भविन्द्र राई रहनु भएको छ । सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, सङ्गठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, धरान उपमहानगर कमिटी अध्यक्ष किरण थापा, सचिव बलबहादुर लिम्बूको उपस्थिति रहेको भेलाले आगामी तीन महिनाभित्र समितिको अधिवेशन गर्ने र धरानमा रहेका स्कूलहरुको विवरण तयार गरि सबै श्रमिकहरुलाई सङ्गठनमा समावेश गराउने निष्कर्ष निकालेको छ ।

तपाईको प्रतिक्रिया