खोटाङ, २४ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविले विभिन्न कार्यक्रम गर्दै ६४ औं वार्षिकोत्सव मनाएको छ । २०१७ सालमा स्थापना गरिएको विद्यालयले मंगलबार र बुधबार धुमधामका साथ हाजिरीजवाफ, बादविबाद, वक्तृत्वकला, म्यूजिकल चेयर, बेलुन फुटाउने प्रतियोगीता, छात्रबृत्ति वितरण, विद्यार्थीको प्रतिभा तथा पोषण सम्वन्धी प्रदर्शनी, सहयोगी अभिभावकलाई सम्मान, सांगीतिक लगायतका कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समापनको अवसरमा एक लाख राशीको ‘शर्मानन्द–तारा अक्षयकोष’बाट १२ जना उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ । पुर्वप्रअ शर्मानन्द खनालले २०७२ सालमा स्थापना गरेको अक्षयकोषको व्याजबाट कक्षा १ का प्रतिक्षा राई, कक्षा २ का अन्जना भुजेल, कक्षा ३ का बिवश श्रेष्ठ, कक्षा ४ का डेनिश श्रेष्ठ, कक्षा ५ का देविका राई, कक्षा ६ का आशिका सुवेदी, कक्षा ७ का भावना पुरी, कक्षा ८ का जेनिशा श्रेष्ठ, कक्षा ९ का सुविन गिरी, कक्षा १० का वर्षा श्रेष्ठ, कक्षा ११ का रोशिका श्रेष्ठ र कक्षा १२ का निक्की राईलाई जनही एक हजारका दरले छात्रबृत्ति प्रदान गरिएको हो । कार्यक्रममा उपस्थित अक्षयकोष स्थापनाकर्ता एवं पुर्वप्रअ खनालले उत्कृष्ट छात्र÷छात्रालाई छात्रबृत्ति रकम हस्तान्तरण गरेका थिए ।
खड्ग–हिरा छात्रबृत्ति अक्षयकोष स्थापना
यस्तै, निवर्तमान प्रअ डिकबीर राईले ५५ हजार ५५५ रुपैयाँ राशीको खड्ग–हिरा छात्रबृत्ति अक्षयकोष स्थापना गरेका छन् । हरेक वर्ष एसइईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण गर्ने एक विद्यार्थीलाई व्याजबाट छात्रबृत्ति प्रदान गर्नेगरी निवर्तमान प्रअ राईले अक्षयकोष स्थापना गरेका हुन् । निवर्तमान प्रअ राईले प्रअ नविन चाम्लिङलाई कोष स्थापनाका लागि रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रम हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा छात्र÷छात्राले तयार पारेका हस्तनिर्मित सामग्रीहरु प्रदर्शनमा राखिएको थियो । छात्र÷छात्राको प्रतिभा एवं सिर्जनालाई संकलन गरेर विद्यालयको एउटा कोठामा प्रदर्शनी आयोजना गरिएको थियो । यस्तै, पोषण सम्वन्धी जानकारी दिन पोषिलो खानेकुराको अलग्गै स्टल प्रदर्शनमा राखिएको थियो ।
विद्यालयले निवर्तमान प्रअ डिकबीर राई, रानीखोटे सामुदायीक वन उपभोक्ता समिति लगायतलाई सम्मान गरेको छ । १२ थान बुक ¥याक, १२ थान सुचना पार्टी, कम्प्यूटर कक्षाका लागि कार्पेट र झ्याल ढोकाका लागि पर्दा प्रायोजन गरेकोमा सामुदायीक वनलाई सम्मान गरिएको प्रअ चाम्लिङले बताए । यस्तै, दुई÷दुई थान कुर्सी र कक्षा १ देखि कक्षा ५ का छात्रछात्रा लागि स्टेशनरी उपलव्ध गराउने अभिभावक जमुना श्रेष्ठ र निर्मला राई, पुरस्कार प्रायोजन लगायतका लागि सात हजार बराबरको सहयोग गर्ने दुर्गाकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । उनीहरुलाई मेयर राईले सम्मान–पत्र हस्तान्तरण गरेकी थिईन् । वार्षिकोत्सवको अवसरमा कक्षा १ देखि कक्षा ५ सम्मका छात्रछात्रा बीचको वडास्तरिय हाजिरीजवाफ प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने सरस्वती मावि, द्धितीय स्थान प्राप्त गर्ने कालिका आवि र तृतीय स्थान प्राप्त गर्न सफल हिमगंगा आविलाई पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थी बीचको अन्तर सदन बादबिबाद प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने भावना गिरी (कञ्चनजङ्घा), द्वितीय स्थान प्राप्त गर्ने माधव श्रेष्ठ (ल्होत्से) र तृतीय स्थान प्राप्त गर्ने आशिश राई (कञ्चनजङ्घा)लाई पुरस्कार प्रदान गरिएको छ । कक्षा ९ देखि कक्षा १२ सम्मको अन्तर सदन वक्तृत्व कलामा प्रथम स्थान प्राप्त गर्ने कन्चन पुरी (ल्होत्से), द्वितीय स्थान प्राप्त गर्ने एलिना राई (कन्चनजङ्घा) र तृतीय स्थान प्राप्त गर्ने जेनिशा श्रेष्ठ (मकालु)लाई पुरस्कार प्रदान गरिएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्मको बेलुन फुटाउने खेलमा कक्षा ४ का तोसन राई प्रथम, कक्षा ४ कै बसन्त श्रेष्ठ द्धितीय र कक्षा २ का निश्मा श्रेष्ठ तृतीय भएका छन् । म्यूजिकल चेयरमा कक्षा ६ का जमुना सुबेदी प्रथम, कक्षा ६ का चिना गिरी द्वितीय र कक्षा ८ का रुपा राई तृतीय भएकी छन् । विद्यागततर्फ कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीमध्ये कक्षा ३ का रहिल बिकले जेहेन्दार र कक्षा ५ का विविशा राईले अनुशासित पुरस्कार पाएका छन् । कक्षा ६ देखि कक्षा ८ सम्मका छात्रछात्रामध्ये कक्षा ८ का भावना पुरीले जेहेन्दार र कक्षा ८ कै देविन गिरीले अनुशासित पुरस्कार पाएका छन् । मावि तहमा जेनिशा श्रेष्ठलाई जेहेन्दार र सावित्रा रम्तेललाई अनुशासित पुरस्कार प्रदान गरिएको छ । यस्तै, कन्चनजङ्घा सदनलाई सर्वोत्कृष्ट सदनको पुरस्कार प्रदान गरिएको प्रअ चाम्लिङले बताए ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । सरस्वती माविले स्काउट कार्यक्रम, अभिभावक भिजिट कार्ड, पुस्तकालय स्थापनार्थ जन्मदिनमा पुस्तक हस्तान्तरण कार्यक्रम गर्दैआएको छ ।