खोटाङ, २८ वैशाख । खोटाङ यातायात प्रा.लि.ले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यातायात प्रा.लि.को दशौंँ वार्षिक साधारणसभा तथा छैटौंँ जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर शुक्रबार पत्रकारद्धय चिसाङ शेर्पा र सविना अछामेलाई जनही नगद रु पाँच÷पाँच हजार राशीको यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
जिल्लामा निष्पक्ष र निडरताका साथ पत्रकारिता गर्ने क्रममा यातायातको क्षेत्रमा समेत कलम चलाएर योगदान पु¥याएकाले पत्रकार शेर्पा र अछामेलाई पुरस्कृत गरिएको प्रा.लि.का महासचिव रामकुमार हिङमाङले बताउनुभएको छ । पत्रकारद्धयलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नुभएको छ ।
वि.सं. २०६५ सालदेखि पत्रकारितामा क्रियाशील शेर्पा हाल नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिव छन् । समायोजनखबर डटकमका सञ्चालकसमेत रहनुभएका शेर्पा एपीवान टिभी, हिमालय टाम्इस र सुर्योद्धय टिभीमा कार्यरत हुनुहुन्छ ।
यस्तै वि.सं. २०७४ सालदेखि पत्रकारितामा लाग्नुभएकी अछामे नमस्ते खोटाङ डटकम र रुपाकोट साप्ताहिक खबरमा आवद्ध हुनुहुन्छ । वि.सं. २०७७ सालको यातायात पत्रकारिता पुरस्कार पत्रकार दमन राईले प्राप्त गर्नुभएको थियो भने, सातौँ वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनमा पत्रकार केदार मगर पुरस्कृत हुनुभएको थियो ।
यातायात प्रा.लि.ले सञ्चार माध्यममार्फत यातायातको क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप हरेक जिल्ला अधिवेशनमा पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ । अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले जिल्लामा खोटाङ यातायात प्रा.लि.ले यातायातको क्षेत्रमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।
यातायात प्रा.लि.को छैटौँ जिल्ला अधिवेशनको उद्घाटसत्र सम्पन्न भएसँगै अहिले बन्दसत्र चलिरहेको आयोजकले जनाएको छ । अधिवेशनमा यातायात प्रा.लि.को आयव्याय तथा भावी रणनीतिको बारेमा छलफल भइरहेको बताइएको छ ।
अधिवेशनमा नयाँ नेतृत्वको जिल्ला कार्यसमितिका लागि तीनजना अध्यक्षको उम्मेदवारी देखिएको समाचार स्रोतले जनाएको छ । निवर्तमान अध्यक्ष टेकेन्द्र राई तथा पूर्वअध्यक्षद्धय बुद्धिविनोद लुईटेल ‘विदुर’ र विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’को दाबी रहेको जनाइएको छ ।