जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई

Halesi Khabar
105 Shares

खोटाङ, १२ जेठ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन हुनुभएको छ । जसपाको शनिबार दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भेलाले तत्कालीन जनता समाजवादी पार्टी नेपाल हुँदा उपाध्यक्ष रहनुभएका राईलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

जसपाको जिल्ला भेलाले राईको नेतृत्वमा १११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नवगठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गुरुराज राई र नैनकला राई, सचिवमा वीरेन्द्र दर्नाल, सह–सचिवमा टीकाराम राई, शान्तिकला राई, प्रितीराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन हुनुभएको छ ।

पार्टीको काममा निष्कृय रहनुभएका तत्कालीन जिल्ला अध्यक्ष पिके खम्बूको ठाउँमा राईलाई अघि सारिएको जनता समाजवादी पार्टी जसपाले जनाएको छ । पहिचानको आन्दोलनमा अग्रपङ्क्तीमा देखिनुहुने राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पूर्ववडाध्यक्षसमेत हुनुहुन्छ ।

जसपाको जिल्ला भेलामा केन्द्रीय सदस्य देवराज राई, रमेश राई, सनबहादुर राई, संघीय परिषद् सदस्य राकेश राई र समाजवादी विद्यार्थी युनियनका केन्द्रीय महासचिव प्रकाश चाम्लिङ रार्ईको उपस्थिति रहेको थियो । भेलाले अग्नीप्रसाद राई, मुगाधन राई, डिल्लीराज राई, शान्ता राई, राजहरी राई, नगेन्द्रराज चाम्लिङ, देवराज राई, खड्गबहादुर राई, शिवकृष्ण राई, कम्पसेर राई लगायतलाई सदस्यमा चयन गरेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल वैशाख–२३ गते विभाजन भएपछि अशोक राईको नेतृत्वमा जसपा बनेको थियो । केन्द्रमा यादव र राईको छुट्टाछुट्टै पार्टी भएपछि जिल्लाका अधिकांश नेताहरु अशोक राई नेतृत्वको जसपामा देखिएका छन् ।

तपाईको प्रतिक्रिया