बराहपोखरी गाउँपालिकाको वार्षिक बजेट रु ३९ करोड १२ लाख ४५ हजार

Santosh Poudel
63 Shares

खोटाङ, १० असार । बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ३९ करोड १२ लाख ४५ हजार बराबरको बजेट तथा कार्यक्रम पेस गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख भूबलराज राईले उक्त बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो । ‘कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार : सभ्य, समृद्ध बराहपोखरी गाउँपालिकाको मूल आधार’ भन्ने नाराको साथ सम्पन्न गाउँसभामा गाउँपालिका प्रमुख शालिकराम बञ्जराले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमका बारेमा अर्को बैठकबाट छलफल हुने जनाइएको छ ।

गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रम यसप्रकार रहेको छ …

तपाईको प्रतिक्रिया