खोटाङ, ११ असार । जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु ४२ करोड २५ लाख आठ हजार ७११ बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न १५ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले उक्त बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदान रु सात करोड ८२ लाख, प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान रु ४५ लाख ९४ हजार, राजश्व बाँडफाँड अन्तरगत सङ्घीय सरकारबाट प्राप्त रु सात करोड ९३ लाख ९९ हजार ७११, विशेष अनुदान अन्तरगत सङ्घीय सरकारबाटरु एक करोड ५० लाख बजेट प्राप्त भएको थियो । यस्तै, सङ्घीय सरकारबाट समपुरक अनुदानबापत रु ६० लाख, प्रदेश सरकारबाट रु एक करोड, सङ्घीय सरकारको सशर्त अनुदान रु १८ करोड ९२ लाख तीन हजार, प्रदेशबाट रु एक करोड ११ लाख ४२ हजार, आन्तरिक स्रोतमार्फत ४० लाख तथा बैङ्क मौज्दात रु दुई करोड २० लाखबाट आर्थिक वर्ष २०८१÷८२ को लागि बजेट तथा कार्यक्रम बनाइएको उपप्रमुख खड्काले जानकारी दिनुभएको छ ।
‘कृषि, पर्यटन र पूर्वाधार, जन्तेढुङ्गा गाउँपालिकाको समृद्धि र विकासकाृे मूल आधार’ भन्ने नाराका साथ सम्पन्न गाउँसभामा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका प्रमुख दिक्षाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट तथा कार्यक्रम तयार पारिएको उपप्रमुख खड्काले जानकारी दिनुभएको छ ।