खोटाङ, ३१ असार । खोटाङ–ओखलढुङ्गा राष्ट्रसेवक कर्मचारी सम्पर्क मञ्च तदर्थ समितिको संयोजकमा गणेशबहादुर कार्की चयन हुनुभएको छ । खोटाङ जिल्ला स्थायी घर भइ हाल ओखलढुङ्गामा कार्यरत कर्मचारीहरुको आइतबार भएको भेलाले कार्कीको संयोजकत्वमा २२ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको सह–संयोजक एवम् उपाध्यक्षमा बाबुराम आचार्य, सचिवमा एनिना आचार्य, सह–सचिवमा डम्बर राई, कोषाध्यक्षमा महेश खड्का र सह–कोषाध्यक्षमा गुना राई चयन हुनुभएको छ । सदस्यहरुमा सुमन पोख्रेल, सुरेन्द्र बञ्जरा, कल्याण खड्का, दिनेश खत्री, नवराज बास्तोला, सन्तोष लम्साल, मणिचन्द्र राई, कौशल आचार्य, मिला आचार्य, रमेशकुमार पौडेल, शुष्मा आचार्य, कोपिला आचार्य, लक्ष्मी आचार्य, लेखनाथ दाहाल, सृजना आचार्य र प्रमेश अधिकारी रहनुभएको छ ।
संयोजक कार्कीका अनुसार खोटाङ जिल्ला स्थायी घर भइ हाल ओखलढुङ्गामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई एक आपसमा सहकार्य गर्दै अगाडि बढ्न सहजता प्रदान गर्न समिति गठन गरिएको जनाइएको छ । समितिले ओखलढुङ्गा जिल्लामा आउने कर्मचारीहरुलाई स्वागत एवम् अन्यत्र सरुवा भइ जाने कर्मचारीहरुलाई (फेरि भेटौला) विदाई कार्यक्रममार्फत जिल्लाबासीलाई एक आपसमा जोड्ने काम गर्ने लक्ष्य राखेको संयोजक कार्कीले जानकारी दिनुभएको छ ।
समिति गठनले ओखलढुंगामा कार्यरत खोटाङका कर्मचारीहरुबीच समन्वय र सहकार्य बढ्ने अपेक्षा गरिएको छ । यसका साथै, कार्यक्षेत्रमा रहँदा आइपर्न सक्ने विभिन्न समस्याहरुको समाधान गर्नुका साथै सिकेका सीप र अनुभवहरु आदानप्रदान गर्ने वातावरण समितिले सिर्जना गर्ने जनाइएको छ ।