ट्राफिक प्रहरीले सङ्कलन ग¥यो सवारी कारबाहीबाट रु ५० लाख ३२ हजार राजश्व

Halesi Khabar
7 Shares

खोटाङ, १३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८०÷८१ मा सवारी कारबाहीबाट रु ५० लाख ३२ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको साउन–१ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार ७२० वटा सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिना अनुमतिपत्र सवारी चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, मोटरसाइकल चालकले हेलमेट नलगाएको तथा नम्बर प्लेट उल्लेख नभएको सवारी साधनलाई कारबाही गर्ने गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्ने चालक, सहचालक र सवारी धनीलाई कारबाहीसँगै ट्राफिक नियम पालना सम्बन्धी जानकारी दिन प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गर्ने गरिएको जनाइएको छ ।

जिल्लामा सञ्चालित एक हजार ८५१ वटा मोटरसाईकलबाट रु १४ लाख ६० हजार, १७६ वटा बसबाट रु एक लाख ३९ हजार ५००, १३७ ट्रिपरबाट रु एक लाख २६ हजार ५००, ५१८ ट्याक्टरबाट रु तीन लाख ६३ हजार, ७०५ ट्रकबाट रु पाँच लाख एक हजार र १२४ वटा टेम्पोबाट रु ९२ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ । यस्तै, कार, जिप र भ्यानगरी तीन हजार २०९ वटा कारबाहीमा पर्दा रु २३ लाख ४९ हजार ५०० राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट सबैभन्दा बढी गत माघ महिनामा रु छ लाख १५ हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख प्रसनि कार्कीले जानकारी दिनुभएको छ । माघ महिनामा साना÷ठूलागरी ६३० वटा सवारी साधन ट्राफिक प्रहरी कारबाहीमा परेको जनाइएको छ ।

गत वर्षको साउन महिनामा ३७८ सवारी साधन कारबाहीमा पर्दा रु दुई लाख ८५ हजार, भदौमा २७२ सवारी साधन कारबाहीमा पर्दा रु दुई लाख १४ हजार ५००, असोजमा ३५० सवारी साधन कारबाहीमा पर्दा रु दुई लाख ८४ हजार ५०० राजश्व सङ्कलन भएको छ । कातिकमा ३१० कारबाहीमा पर्दा रु दुई लाख ५६ हजार, मङ्सिरमा ५९० कारबाहीमा पर्दा रु पाँच लाख १६ हजार, पुसमा ५७० कारबाहीमा पर्दा रु चार लाख ४८ हजार राजश्व सङ्कलन भएको जनाइएको छ ।

फागुन महिनामा ७३८ कारबाहीमा पर्दा रु पाँच लाख ३९ हजार ५००, चैतमा ८६२ कारबाहीमा पर्दा रु पाँच लाख ९३ हजार, वैशाखमा ७५० कारबाहीमा पर्दा रु पाँच लाख २८ हजार ५००, जेठमा ५५० कारबाहीमा पर्दा रु तीन लाख ७७ हजार र असारमा ५२९ वटा सवारी साधन कारबाहीमा पर्दा रु तीन लाख ८८ हजार ५०० राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा आर्थिक वर्ष ०८०÷८१ मा १५ वटा सवारी साधन दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न ठाउँ तथा विभिन्न समयमा भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारी साधन बिना अनुमति सञ्चालन भइरहेको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमतिपत्र) लिनुपर्ने कानूनी प्रावधान छ ।

रुट पर्मिट नभएका सवारी साधन दुर्घटना भएको खण्डमा त्यसमा सवार यात्रु घाइते तथा मृत्यु भएमा उनले क्षतिपूर्ती पाउँदैनन् । बिना रुट पर्मिट सञ्चालित यातायातमा सवार व्यक्ति दुर्घटना भएर घाइते भएको खण्डमा उपचार खर्च स्वयम् व्यक्ति तथा परिवारले व्यहोर्नुपर्ने सवारी नियममा उल्लेख रहेको जनाइएको छ ।

वि.सं. २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमा बोकेर ल्याइएको सवारी साधनमार्फत यातायात सेवा शुरु गरिएको जिल्लामा साना÷ठूलागरी करिब ७०० को हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गले छोएको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

 

 

तपाईको प्रतिक्रिया