माओवादी केन्द्र खोटाङ–काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज राई चयन

Halesi Khabar
35 Shares

खोटाङ, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ–काठमाडाँै सम्पर्क समन्वय समितिको अध्यक्षमा तेज राई चयन हुनुभएको छ । काठमाडौँस्थित तीनकुनेमा सम्पन्न समन्वय समितिको पाँचौँ भेलाले राईको अध्यक्षतामा ४३ सदस्यीय समन्वय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बासुदेव राई, ध्रुवकुमार राई र राजु एन राई, सचिवमा बृष राई र सहसचिवमा गोपाल राई चयन हुनुभएको छ । नव निर्वाचित सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका केन्द्रीय उपमहासचिव मात्रिका यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

भेलामा पार्टीका केन्द्रीय सल्लाहकार डा. विष्णुकुमार राई, केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्यद्धय समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राई, पार्टी सम्पर्क समन्वय समिति प्रदेश नं. १ का इन्चार्ज करुणा ढुङ्गेल, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’ लगायतको उपस्थिति थियो । खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न राजधानी काठमाडौँ बस्दै आएका पार्टी निकट व्यक्तिहरुलाई सङ्गठित गर्दै पार्टी काममा सक्रिय बनाउन सम्पर्क समन्वय समिति गठन गरिएको हो ।

तपाईको प्रतिक्रिया