एमाले खोटाङको इन्चार्जमा विशाल भट्टराई मनोनित

Halesi Khabar
7 Shares

खोटाङ, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको इन्चार्जमा विशाल भट्टराई मनोनित हुनुभएको छ । हनुमानथानस्थित होटल बसेरामा बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले भट्टराईलाई जिल्ला इन्चार्जमा मनोनित गरेको हो ।

दशौँ महाधिवेशनपछि झापा जिल्ला इन्जार्जको जिम्मेवारी सम्हाल्नुभएका भट्टराईलाई पार्टीले पुनः आफ्नो गृह जिल्लाको इन्चार्ज दिएको जनाइएको छ । एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका भट्टराईले जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको तेस्रो पटक हो ।

संविधानसभा सदस्यसमेत रहनुभएका भट्टराई झापा जिल्ला इन्चार्ज हुँदा खोटाङ इन्चार्जको जिम्मेवारी राजेन्द्र राईले सम्हाल्नुभएको थियो । भट्टराईले आफ्नो गृह जिल्लाको पार्टी इन्चार्जको जिम्मेवारी पाएसँगै जिल्लामै सक्रिय हुने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया