तिहारमा माइती जाने चेलीलाई दश युवाको निःशुल्क मोटरसाइकल सेवा

Halesi Khabar
224 Shares

खोटाङ, १५ कात्तिक । खोटाङका दशजना युवाको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई मोटरसाइकमा चढाएर निःशुल्करुपमा माइती घर पु¥याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् ।

यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीहरुलाई गन्तव्यसम्म पु¥याउने योजनासहित अभियान शुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताउनुभयो । “दसैँमा चार दिन अभियान सञ्चालन ग¥यौँ । उसबेला ७० जनाभन्दा बढीले सेवा पाएका थिए । ‘दसैँ, तिहार चेलीलाई उपहार’ नाम दिएर शुरु गरिएको अभियानमा दश जना युवा जेडिएका छौँ । अझै जोडिनेक्रम जारी छ”, उहाँले भन्नुभयो, “नेपालीहरुको दोस्रो ठूलो तथा महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरुलाई निःशुल्क मोटरसाइकलमा पु¥याइदिने गरेका छौँ । माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण माइती घर जान नसक्ने अवस्था भएमा हामीलाई सम्पर्क गर्नुहोला !”

मध्यपहाडी लोकमार्गका सडकखण्ड तथा जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालित ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा दिन सकिने युवा समूहले जनाएको छ । कात्तिक–१६ गते अर्थात् भोलि (शुक्रबार) चेलीहरुलाई माइती घरसम्म पु¥याउने र १९ गते पुनः घरसम्म ल्याइदिने योजना बनाइएको संयोजक राईले बताउनुभयो ।

सरकारी सेवासुविधा लिइरहेकाहरुलाई भने आफूहरुले सञ्चालन गरेको अभियानअन्तरगतका सेवा उपलब्ध नहुने समूहका सदस्य मोतिचन्द्र राईले जानकारी दिनुभयो । नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष एवम् कराँते खेलाडी राईको संयोजकत्वमा शुरु गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा सहभागी छन् ।

आफूहरुले कुनै स्वार्थ नराखी मानवीय सेवाभावले अभियान सञ्चालन गरेको युवा समूहले जनाएको छ । दश युवाले शुरु गरेको अभियानलाई जिल्ला तथा बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रशंसा गरिरहेका छन् ।

अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दित्तेल रत्नपार्कस्थित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउण्डेशन खोटाङका प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले बताउनुभयो । यस्तै, महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा सङ्घ संस्थाले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया