काँग्रेस महामन्त्री थापाद्धारा नगरप्रमुख भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त

Halesi Khabar
1.2k Shares

खोटाङ, ४ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको आमा पदमकुमारी भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले काँग्रेस खोटाङका महासमिति सदस्य सुमनबाबु आचार्यमार्फत शोक वक्तव्य पठाएर दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्नुहुँदै परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

नगरप्रमुख भट्टराईको आमा पदमकुमारीको ८८ वर्षको उमेरमा उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा गत कात्तिक–२६ गते बाटैमा मृत्यु भएको थियो । कात्तिक–२५ गते बिहानदेखि मुटु दुख्ने रोगको बिरामी पर्नुभएकी पदमकुमारीको जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजानेक्रममा मृत्यु भएको हो ।

अस्पतालले रिफर गरेपछि कात्तिक–२६ गते एम्बुलेन्समार्फत काठमाडौँ लैजानक्रममा आमा पदमकुमारीको भकुन्डेबेँसीस्थित बाटैमा मृत्यु भएको नगरप्रमुख भट्टराईका स्वकीय सचिव चिरञ्जीवी खतिवडाले जानकारी दिनुभएको छ । मृतक पदमकुमारीको शव कात्तिक–२७ गते वडा नं. ७ दोर्पास्थित घरमा ल्याएर हिन्दु परम्पराअनुसार दाहसँस्कार गरिएको थियो ।

तीन छोरा र चार छोरीकी आमा पदमकुमारीको उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएपछि मृतक पदमकुमारीका परिवार शोकमा डुबेका छन् । दोर्पास्थित आफ्नै घरमा बस्दै आउनुभएकी पदमकुमारीको सात छोराछोरीमध्ये नगरप्रमुख भट्टराई माहिलो छोरा हुनुहुन्छ ।

नगरप्रमुख भट्टराई काँग्रेस खोटाङका उपसभापतिसमेत हुनुहुन्छ । नगरप्रमुख भट्टराईको आमा पदमकुमारीको दुःखद् निधन भएपछि नगरपालिका र नेपाली काँग्रेस खोटाङले दुःख व्यक्त गर्दै कात्तिक–२६ गते शोक वक्तव्य जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया