कम्प्युटर एसोसियशन महासङ्घ नेपाल (क्यान) खोटाङको अध्यक्षमा कुमार बजिमय

Halesi Khabar
0 Shares

खोटाङ, १४ मङ्सिर । कम्प्युटर एसोसियशन महासङ्घ नेपाल (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा कुमार बजिमय चयन हुनुभएको छ । क्यान जिल्ला शाखा खोटाङको शुक्रबार साँझ सम्पन्न पाँचौँ जिल्ला सम्मेलन तथा तेस्रो जिल्ला अधिवेशनले बजिमयलाई सर्वसहत अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा अजय बस्नेत, सचिवमा खिलाप्रसाद आचार्य र कोषाध्यक्षमा राजु भट्टराई चयन हुनुभएको छ । नवनिर्वाचित जिल्ला शाखा समिति खोटाङका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता ओमप्रकाश घिमिरेले पद तथा गोपणीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

जिल्ला सम्मेलनमा क्यानका केन्द्रीय उपाध्यक्ष सुदीप शर्मा, सचिव भूपेन्द्र मैनाली, सदस्यहरु रिना श्रेष्ठ र सरुना श्रेष्ठ, कोशी प्रदेश समितिका अध्यक्ष रोशन दाहाल लगायतको उपस्थिति रहेको थियो । वि.सं. २०७७ सालमा स्थापना भएको क्यानको जिल्ला शाखा समितिमा यसअघि विमला राई अध्यक्ष हुनुहुन्थ्यो ।

 

 

तपाईको प्रतिक्रिया