इन्धनको मूल्य घट्यो

Halesi
0 Shares

काठमाडौं। बुधबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ।

तपाईको प्रतिक्रिया