बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतबारेमा नवजात शिशुको शव फेला परेको छ ।
स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको हो । इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईँका अनुसार
मंगलबार बिहान स्थानीय उत्तरबहादुर बुढाथोकी घाँस काट्न जाँदा शिशुको विभत्स अवस्थाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । नवजात शिशुको सालले घाँटी थिचेर मार्ने प्रयास गरिए पनि शिशु नमरेपछि पुनः सुपारीको पातको डोरी बनाइ उसको घाँटी थिचेर मारिएकोे अनुसन्धानले देखाएको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईँका अनुसार शिशुलाई कसले जन्माएर किन मारेर फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । शिशुको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको र त्यहाँ पोष्टमार्टम हुन नसके धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने हुमागार्ईँले जनाएका छन् । अन्नपुर्णबाट