बाख्रा चराउन गएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा उजूरी दर्ता

Halesi
0 Shares

सप्तरी। इँटाभट्टा उद्योगमा लगी बलात्कार गरेको आरोपमा प्रहरीले एक जना विरुद्ध जबर्जस्ती करणीको उजूरी दर्ता गरेको छ ।

बाख्रा चराउन गएकी १५ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले खड्ग नगरपालिका–३ का ३५ वर्षीय राधेश्याम पण्डितविरुद्ध जबर्जस्ती करणीको उजूरी दर्ता गरेको जनाएको छ । आरोपि पण्डित इँटाभट्टा उद्योगका लेखापाल हुन ।

पण्डितले किशोरीलाई ललाइफकाइ उद्योगभित्र लगी बलात्कार गरेको भन्दै पीडितकी आमाले बुधबार प्रहरीमा उजूरी दिएकी थिइन् । एक महीनाअघि नै भएको बलात्कार घटना गाउँघरमा नै छलफल गरी मिलापत्र गर्न खोज्दा प्रहरीमा ढिला गरी सूचना आएको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए। पीडितकी आमाले बुधबार उजूरी लिएर आएपछि किशोरीको स्वास्थ्य परीक्षण गरी उजूरी दर्ता गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया