मोटरसाइकल दुर्घटनामा परि रमेश क्षेत्रीको मृत्यु

Halesi
0 Shares

इनरुवा। सुनसरीको रामधुनी नगरपालिका–५ मा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को२०प ९१६२ नंको मोटरसाइकलले सोही दिशातर्फबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काभ्रे–२ का रमेश क्षेत्री र सुनसरी सदरमुकाम इनरुवा–५ बलाहाका नासुराम चौधरी घाइते भएका थिए ।

घाइते भएका मोटरसाइकल चालक क्षेत्री इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को१ज २४१५ नंको म्याजिकमा ठोक्किएपछि उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । सोही दुर्घटनामा परी घाइते भएका चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया