काठमाडौँ । साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह एक थोपा आकाश पाठकसामु बजारमा आउने भएको छ । एकसय अठ्ठाईस पृष्ठको उक्त सङ्ग्रह पाँचपोखरी प्रकाशन गृह न्युरोड, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो । पुस्तक प्रकाशनको कार्य अन्तिम चरणमा रहेको र प्रकाशनपछि पूर्वको मेचीदेखि पश्चिमका अधिकाङ्श पुस्तक पसलहरुमा पाइने प्रकाशकले बत्ताएका छन् ।
खोटाङको हलेसी डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेर साहित्यमा लामो समयदेखि साधनारत किरातीले कवितामा नयाँ रङ ल्याउन खोजेको बत्ताएका छन् । किरातीका यसअघि कविता सङ्ग्रह शान्तिको खोजी २०६१, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) कथा सङ्ग्रह २०६६ र संयुक्त कविता सङ्ग्रह २०६७ प्रकाशित छन् । वाल साहित्यमासमेत कलम चलाईसकेका किरातीले राष्टिय छापा र डिजिटल पत्रिकाहरुमा राजनितिक, समसामयिक र साहित्य विधामा निरन्तर कलम चलाउँदै आईरहेका छन् ।