सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याइएको छ । औषधिहरूको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ ।
२३ नेपाली कम्पनीको नवीकरण रोकियो
सरकारले २३ स्वदेशी औषधि उत्पादक कम्पनीको नवीकरण रोकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को असल उत्पादन अभ्यास(जिएमपी) मापदण्ड पूरा गर्न नसक्दा वर्षौँदेखि नेपाली कम्पनीको नवीकरण रोकिएको हो । ३९ वटा उद्योगले औषधि व्यवस्था विभागमा नवीकरणका लागि निवेदन दिएकोमा २३ फर्मास्युटिकल्स प्रालिको नवीकरण रोकिएको छ । तर, उनीहरूले उत्पादन गरेका औषधि भने बजारभरि छन् । नेपाल औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले धेरै नेपाली औषधि उद्योगले डब्लुएचओको मापदण्ड पूरा गर्न नसकेको बताए । ‘हरेक दुई–दुई वर्षमा उद्योगहरूले जिएमपी मापन गराउनुपर्छ । पास भए नवीकरण हुन्छ, नभए रोकिन्छ’, उनले भने । तर, आर्थिक चलखेलका आधारमा औषधि उत्पादनमा भने कुनै रोक लगाइएको छैन ।
आर्य फार्मा प्रयोगशाला प्रालि १२/०७/२०१६
चेमी ड्रग इन्डस्ट्रिज प्रालि ०९/०१/२०१४
सिटिएल फर्मास्युटिकल्स प्रालि २७/०३/२०१८
देउराली जनता फर्मास्युटिकल प्रालि २३/१०/२०१७
एभरेस्ट फर्मास्युटिकल्स प्रालि १५/०७/२०१४
फ्लोरिड लेबोरेटरिज प्रालि २३/०१/२०१८
लोमस फर्मास्युटिकल्स प्रालि २८/०९/२०१८
म्याग्नुस फर्मास्युटिकल्स प्रालि ०१/०९/२०१७
मनोज फर्मास्युटिकल्स वर्क ०१/१२/२०१४
मार्क फर्मसलेसन प्रालि १५/०७/२०१४
नेसनल हेल्थकेयर प्रालि ०२/१०/२०१८
नेपाल फर्मास्युटिकल्स ल्याब्रोटरी प्रालि १३/०७/२०१८
ओम फार्मास्युटिकल्स प्रालि २३/१०/२०१७
फार्माको इन्डस्ट्रिज प्रालि २९/०९/२०१८
मेड फर्मुलेसन प्रालि ११/०८/२०१६
क्वेस्ट फर्मास्युटिकल्स प्रालि २९/१०/२०१८
एसआर ड्रग ल्याब्रोटेरिज प्रालि २७/०९/२०१६
सिद्धार्थ फर्मास्युटिकल्स प्रालि १३/०७/२०१८
सिम्मा ल्याब्रोटेरिज प्रालि २८/०९/२०१८
टोरुस फर्मा प्रालि २६/०९/२०१६
युनिभर्सल फर्मुलेसन प्रालि १६/१२/२०१४
विजयदेप प्रयोगशाला प्रालि २०/०७/२०१७
डेनियम लेबोरेटरिज प्रालि १३/०७/२०१६
नेपाली उद्योगलाई प्रवद्र्धन गर्नुपर्छ
पवन आचार्य महासचिव,औषधि आयातकर्ता संघ
नेपाली औषधि उत्पादक कम्पनीलाई प्रवद्र्धन गर्नुपर्छ भन्नेमा सबैको धारणा एउटै छ । सरकारले उनीहरूलाई बैंक ग्यारेन्टी दिन सकोस्, सुरक्षा दिओस् । तर, चोर बाटोबाट आयात बन्द गर्नु न्यायोचित हुँदैन । ८६ प्रकारका औषधिको आयात बन्द गर्ने भनेर सूची तयार पारेको विषय आएको छ । नेपाली उद्योग सक्षम नहुन्दै यो निर्णय लागू भए नेपालमा अत्यावश्यक औषधिको संकट हुनेछ । सरकारसँग मिलेर मूल्य निर्धारणमा हामी सहयोग गर्नेछौँ । २६ जेठ ०७१ मा सचिवस्तरीय निर्णय गर्दै स्वदेशी उत्पादकबाट कुनै औषधिको कम्तीमा ५ वटा ब्रान्डका (प्रडक्ट डोजियर) औषधि (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) मा पेस हुनुपर्ने निर्णय लागू हुनुपर्छ ।
औषधि व्यवस्था विभाग
जिएमपी पूरा गरेपछि हरेक दुई वर्षमा कम्पनी नवीकरण हुन्छ । औषधि आयातकर्ता अनिवार्य नवीकरण गरिएको हुनुपर्छ । नवीकरण नगर्दासम्म औषधि बजारमा बिक्री गर्न प्रतिबन्ध लगाइन्छ । तर, स्वदेशी उत्पादक कम्पनीका लागि अनिवार्य गरिएको अवस्था छैन । कुशल औषधि उत्पादक संहिता लागू गरिएको छ । त्यही आधारमा नेपालका औषधि बजारमा गएको छ । पाँच वर्षअघिदेखि नवीकरण नभएको अवस्था छ । राष्ट्रिय मापदण्डका आधारमा चलिरहेका छन् । विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस विदेशीको हकमा हेरिएको छ । स्वदेशीको हकमा जुनसुकै वेला गर्न सक्नेछौँ ।
नवीकरण नेपालीले पनि गर्नुपर्छ । जिएमपी पूरा नभएका कारण टेन्डर हाल्न नेपाली कम्पनीले सकिरहेका छैनन् । हामीले डब्लुएचओ जिएमपी अनिवार्य भनेको भए समस्या हुन्थ्यो । त्यो नभएका कारण अहिले इच्छादिनको हिसाबमा चलिरहेको छ । सरकारको मनशाय ८६ प्रकारका औषधि आयात रोक्ने भन्ने छ । औषधि उपलब्धताको विषयमा उत्पादक कम्पनी जिम्मेवार हुनुपर्छ । यो संवेदनशील विषय हो । एक दिन पर्खौँ भनेर हुँदैन । अत्यावश्यक औषधिको आयातलाई प्रतिबन्ध लगाउँदै गर्दा उत्पादन र गुणस्तरमा नेपाली कम्पनी जिम्मेवार बन्नुपर्छ । जिएमपी दिनु भनेको गुणस्तरमा ठीक छ भन्नु हो । इच्छादिन भए पनि जिएमपीमा जानुपर्छ । उनीहरू जिएमपी लिन प्रेरित हुनुपर्छ । हिजो हुने आज नवीकरण नहुने भन्नेबित्तिकै नेपाली उद्योगले उत्पादन गर्ने औषधिको गुणस्तर कस्तो छ भनेर बुझ्न सकिन्छ ।
नेपाली औषधि उत्पादक कम्पनीलाई प्रवद्र्धन गर्नुपर्छ भन्नेमा कसैको विमति छैन । सरकारले उनीहरूलाई बैंक ग्यारेन्टीसहित सुरक्षा देओस् । अहिले ८६ प्रकारका औषधिको आयात बन्द गर्ने भन्ने सुन्नमा आएको छ । तर, नेपाली उद्योग सक्षम नबन्दै औषधिको आयात बन्द गर्नुहुँदैन । त्यसो गरे देशमा अत्यावश्यक औषधिको संकट हुनेछ ।
नयाँपत्रिकामा खबर छ ।