शिक्षा मन्त्री पोखरेलले भने ‘शिक्षकले पार्टी सदस्यता त्याग्नुपर्छ’

Halesi
0 Shares

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार विप्रेषण मात्र भित्राएर देश चलाउने पक्षमा नरहेको बताएका छन् । सहिद लखन गाउँपालिका–९ नाम्जुङमा भुकम्पपछि पुनःनिर्माण गरिएको जनशक्ति माध्यमिक विद्याालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अहिलेको शिक्षाले युवालाई रोजगारीको समस्याले खाडी मुलुक जानुपर्ने बाध्यता रहेकोमा चिन्ता व्यक्त गरे । उनले अब सरकारले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने बताए ।

“युवा जनशक्तिलाई खाडी मुलुकमा पठाउने र देशमा विप्रेषणका मात्र भित्र्याएर देश समृद्ध बन्न सक्दैन”, मन्त्री पोखरेलले भने, “अब हामीले विद्यालय शिक्षा सकेर निस्कँदा उनीहरुले एउटा पेशा व्यवसाय गर्न सक्ने खालको जनशक्ति तयार गर्नु जरुरी छ ।” गुणस्तरिय शिक्षाका लागि शिक्षकले पार्टी र टे«ड युनियनको सदस्यता त्याग्नुपर्नेमा उनले जोड दिए । पोखरेलले भने, ‘पार्टीको झोला बोक्ने कार्यकर्ताले गुणस्तर आउँदैन । शिक्षकले पार्टी सदस्यता त्याग्नुपर्छ ।’

मन्त्री पोखरलले सरकारले आगामी फागुन २१ गतेभित्र सङ्घीय शिक्षा नीति ल्याइसक्ने जानकारी गराए । त्यसका लागि आयोगले काम गरिरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया