गुट्का खाँदा शर्मानन्दको लियो ज्यान

Halesi
0 Shares

विराटनगर। मोरङको सुन्दर हरैंचा नगरपालिका–३ गछीयामा गुट्खा खाँदा घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले आज दिएको जानकारीअनुसार सोही स्थानका ३५ वर्षीय शर्मानन्द तिम्सिनाले सोमबार राति गुट्खा खाँदा घाँटीमा अड्किएपछि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया