घूस लिएको आरोपमा वन अधिकृत राजकुमारविरुद्ध मुद्दा दायर

Halesi
0 Shares

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा डिभिजन वन कार्यालय म्याग्दीको सबडिभिजन मङ्गलाघाटमा कार्यरत सहायक वन अधिकृत राजकुमार ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठ कटानीसम्बन्धी मुद्दा मिलाइदिने भनी सेवाग्राहीसँग वन अधिकृत ठाकुरले रु ३३ हजार घूस लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको आयोगले जनाएको छ । आयोगको पोखरा क्षेत्रीय कार्यालयबाट गएको टोलीले केही दिनपहिले अधिकृत ठाकुरलाई पक्राउ गरेको थियो ।

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया