डिएम चाम्लिङ राई/
खोटाङ, २५ पौष– प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत खोटाङमा सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष ०७५÷०७६ मा सबैभन्दा बढी सडक निर्माण, स्तरोन्नती तथा कृषि सडकको नाममा अधिकांश बजेट विनियोजन गरिएको हो । १ नं. क्षेत्र रहेको खोटाङलाई (क) र (ख) मा विभाजन गरी कूल ४ करोड रकम प्रदेश सांसद मार्फत आएको हो ।
जसअन्तर्गत खोटाङ (क) मा १३ वटा सडकको लागि १ करोड ३८ लाख रुपैया विनियोजन गरिएको छ भने खोटाङ (ख) मा ११ वटा सडकको लागि १ करोड ३५ लाख रुपैया बिनियोजन गरिएको बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । कूल ३२ वटा योजनामध्ये २४ वटा योजना सडकको नाममा छुट्टिएको छ भने अन्य ८ वटा योजना खेलमैदान, सामुदायिक भवन, कृषि र सिंचाईमा विभाजन गरिएको छ ।
त्यस्तै, खोटाङ (क) अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा खेल मैदानका लागि १७ लाख, जाल्पा बहुउद्देश्यीय सामुदायिक भवनको लागि १० लाख, बुइपाबजार कोल्फेडाँडा दम्कु सडक विस्तारका लागि १३ लाख बजेट विनियोजित छ । खोटाङ (क) का सांसद राजन राईका अनुसार ऐसेलुखर्क गाउँपालिकाको दिम्मा बगर थुम्वेवर पारा सडकको लागि १० लाख, बाकाचौल वौद्धडाँडा हुँदै महाजन टोल सडकको लागि १२ लाख, नेरुङ लेवा कृषि सडकको लागि १२ लाख बजेट विनियोजन गरिएको छ ।
उता रावावेशी गाउँपालिकाको डुम्रे आहाले बसेरी दुवेकोल सडकको लागि १५ लाख, कुभिण्डे दम्कु सडकको लागि १२ लाख, हौचुर रावाखोला करिडोर सडकको लागि १० लाख तथा केपिलासगढी गाउँपालिकाको बाक्सिला बहुउद्देश्यीय रंगशालाको लागि ३५ लाख, चंिखे सुम्धे चोकेध सडकको लागि १० लाख बजेट विनियोजन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका अन्तर्गत बलुई वाईटार रातमाटे सडकको लागि १० लाख, चुवाचुङ चिचिङ्गा सल्ले सडकको लागि ८ लाख, बस्नेत टोल दुम्देलो सडक हलेसीको लागि ८ लाख, बोजेखोला हैदे दाम्दाले सडकको लागि ८ लाख र अर्खौले सुत्केरीढुंगा रिठ्ठाबोटे स्कुलहुँदै फेदीसम्मको कृषि सडकको लागि १० लाख रुपैया विनियोजन गरिएको सांसद राईले बताए ।
यता, खोटाङ (ख) अन्तर्गत बराहपोखरी गाउँपालिकाको सिन्ताङ बाखोर कोछाले चमेरेघाट सडक स्तरोननती र निर्माणको लागि ३० लाख, दामारखोला मुहान चेखेथुम सुन्तले खानेपानीको लागि ५ लाख बजेट विनियोजन गरिएको सांसद रामकुमार राई (पासाङ)ले जानकारी दिए । त्यस्तै जन्तेढुंगा गाउँपालिकाको होङ्मा पोखरी निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि १० लाख, काउले मुर्लुम्पा हिलेटार बोपुङ सडकको लागि २३ लाख र देविस्थान कुटिटार खानेपानी योजनाको लागि ७ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
खोटेहाङ गाउँपालिकाको खोटाङ मेर्ला सिम्पानी सडक स्तरोन्नतीका लागि १३ लाख, लिच्कीराम्चे देउराली आहाले कुभिण्डे कोटपोखरी सडकको लागि १७ लाख बजेट विनियोजन गरिएको छ भने दिप्रुङचुइचुम्मा गाउँपालिकाको ओख्रेडाँडागाउँ चारकिल्ला खमारे जमुने दिखुवा दोभान सडक निर्माणको लागि १४ लाख, जनप्रभात प्रावि नौला वाराम्तुङ रेग्मीटार सडकको लागि १४ लाख र कामिडाँडा ओख्रेबजार स्यालगौडे सडक स्तरोन्नतीको लागि ७ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, साकेला गाउँपालिकाको डाँडागाउँ छापटोल साप्सु सडकको लागि १७ लाख, सिंचाई पोखरी खिदिमाको लागि ८ लाख र रतन्छा दीपज्योती सामुदायिक विद्युतीकरणको लागि ५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ रिठ्ठाबोटे दोर्पा लामदुवाली ग्रामीण कृषि सडकको लागि ११ लाख, नेर्पा संसारीडाँडा वेशीटोल जोड्ने सडकको लागि ६ लाख तथा अल्छेढुंगा नेर्पा दुमुली लामीदुवाली सडक खण्ड अन्तर्गतको मेवाखोला चिउरीडाँडाको पुरानो गाविस भवन सम्मको सडक स्तरोन्नतीको लागि १३ लाख रुपैया बजेट विनियोजन गरिएको सांसद राईको भनाई छ ।
प्रत्यक्ष जननिर्वाचित प्रतिनिधिको संयोजकत्वमा समानुपातिक सांसद, जिल्ला समन्वय समिति प्रमुख सहित स्थानीय विकास अधिकारी सदस्य सचिव रहने कार्यसमितिले प्रदेशको बजेट बाँडफाँड गरेको हो । विकासको प्रमुख खुड्किलो सडक नै भएकाले यो वर्षको बजेटबाट अधिकांश योजना सडकमा लगानी गरिएको सांसदहरुको भनाई छ ।