मन्त्री भ्रमणमा नै अढाई करोड स्वाहा

Halesi
0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्ट्राचार नगर्न आफ्नो मन्त्रीलाई झक्कझक्याइरहेका छन् । तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिदैन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – यो सरकार २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरमा जिल्ला भ्रमणमा राज्यको् ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइएको छ । देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार यत्तिको रकम दैनिक भत्ता र हवाई टिकटमा मात्र खर्च भएको हो ।

तपाईको प्रतिक्रिया