निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नबनेको नेता सिंहको आरोप

Halesi
0 Shares

भीमदत्तनगर। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले प्रतिपक्षी दलको भूमिकामाथि प्रश्न गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले प्रतिपक्षी दल काङ्ग्रेसले संसद् र राष्ट्रिय राजनीतिमा राष्ट्रिय मुद्दामा प्रभावकारी रुपमा भूमिका निर्वाह गरिरहेको बताए ।

सरकार जनताको जीउधन सुरक्षामा असफल भएको जिकिर गर्दै नेता सिंहले निर्मला पन्त हत्या प्रकरणमा समेत सरकार गम्भीर नबनेको आरोप लगाए। “निर्मला प्रकरणमा सरकारले मन लगाएर अनुसन्धान गरेन”, उनले भने ।

तपाईको प्रतिक्रिया