आत्मकथा ‘भूमिका’ विमोच

Halesi
0 Shares

काठमाडौँ। तेस्रो लिङ्गी भूमिका श्रेष्ठको आत्मकथा ‘भूमिका’ आज सार्वजनिक भएको छ । कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्वमिस नेपाल माल्भिका सुब्बालगायतले उक्त आत्मकथा विमोचन गरिन् ।

कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमार्फत बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताउनुभयो । उहाँले तेस्रो लिङ्गीलाई बुझ्ने माध्यमको रुपमा यो किताब ‘माइलस्टोन’ हुनेमा आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा नीलहिरा समाजका अध्यक्ष पिङ्की गुरुङले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा दुःख व्यक्त गर्नुभयो । “यो किताबका माध्यमबाट त्यो कुरा चिरिने छ,” उहाँले भन्नुभयो । साहित्यकार तथा पत्रकार अश्विनी कोइरालाले पुस्तकले धर्मका कुरा ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी व्यक्त गर्नुभयो । पुस्तकमा मानवीय जनजीवनको महत्वपूर्ण पाटो समेटिएको छ । तेस्रो लिङ्गीलाई समाजले हेर्ने दृष्टिकोण समेत यसमा समेटिएको छ । लेखक भूमिकाले आफूहरुलाई छोरीको रुपमा हेर्न सामूहिक आग्रह गदै आफूलाई छोरी भएकामा गर्व लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया