खोटाङमा शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना सञ्चालन हुँदै

Halesi
0 Shares

खोटाङ, पौष २६, दिक्तेल रुपकोट मझुवागढी नगरपालिकामा शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना सञ्चालन भएको छ । सिमान्तकृत र आर्थिक रूपमा विपन्न साना कृषकहरुको आयका स्रोतहरुको विविधिकरण र बृद्धि गर्न सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाले उद्यमशिलताको विकास, आय स्रोतको विविधिकरण, लैंंगिक हिंशा न्यूनिकरणमा सहयोग, निर्णय प्रकृयामा लक्षित समुदायको सक्रिय सहभागीताको लागि क्षमता विकास र नगरपालिकाको समावेशी योजता र स्थानीय जलवायु अनुकुलन तथा प्रकोप व्यवस्थापन योजना तयारीको क्षेत्रमा काम गर्ने जनाईएको छ ।

परियोजनाले लक्षित समुदायको नविनतम् कृषि प्रविधि सम्बन्धी सूचना र पहुँच बृद्धि हुनुको साथै आयआर्जन बृद्धि, तथा विविधिकरणका लागि आवश्यक गैर कृषि व्यवसायमा आधारित सीपमा पहुँच बृद्धि भएको तथा समावेशी योजना तर्जुमा गर्न क्षमता अभिवृद्धि, सरोकारवालाहरुसँगको सहकार्यमा लैंगिक हिंशाको न्यूनिकरणका साथै स्थानीय सरकारको प्रकोप पूर्वतयारी कार्यमा सिमान्तकृत वर्गको सक्रिय सहभागीताको माध्यमबाट लक्षित वर्गको निर्णय प्रकृयामा संलग्नता अभिबृद्धि हुने अपेक्षा लिएको छ ।

परियोजनाले ४ वटा प्रतिफलको अपेक्षा गरेको छ । जसअन्तर्गत जलवायु परिवर्तनको सन्दर्भमा लक्षित समुदायको दीगो कृषि प्रणालीका लागि आवश्यक ज्ञान तथा सीपको अभिबृद्धि हुनुको साथै बजसँगको सम्बन्ध स्थापित भएको, लक्षित समुदायको गैर कृषि व्यवसायमा आधारित आयआर्जनको अवसरको लागि आवश्यक सूचना तथा सेवासँगको पहुँच अभिवृद्धि भएको, सिमान्तकृत समुदायको आफ्नो अधिकार तथा जिम्मेवारी प्रति सचेतनतामा अभिबृद्धि हुनुका साथै प्रकोप पूर्व तयारी लगायत समावेशी विकास योजना तयारी कार्यमा प्रभावकारी सहभागीता भएकोे तथा लैंगिक हिंसाको सम्बोधन गर्नको लागि जागरूकता, सहकार्य र सहयोगको अभिबृद्धि भएको उल्लेख गरिएको छ । परियोजनाले सहभागितामूलक, स्थानीय सरकार तथा नीजि क्षेत्रसँग सहकार्य,समावेशीतामा आधारित, सिमान्तकृत समुदाय केन्द्रीत, उचित मूल्य शुसाशन (परदर्शीता र जवाफदेहिता), स्थानीय सरकार सरोकारवाला र लक्षित वर्गको अपनत्व जस्ता कुराहरु कार्यान्वयन रणनीति अन्तर्गत रहने छन् भने कार्यान्वयन विधिमा सामुदायिक समूह÷समितिहरु मार्फत कार्य गन, बहुसरोकारवाला (स्थानीय सरकार तथा विषय क्षेत्रगत कार्यालय) हरुसँग समन्वय तथा सहकार्य, अनुरकरणीय कुराहरुको अनुसरण र प्रयोगमा जोड दिने, जलवायु पुर्नउत्थान र पर्यावरणमैत्री कार्यमा जोड जस्ता विषयहरु समेटिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद प्रदेश सभा सदस्य रामकुमार राई पासाङले परियोजना सिमन्तकृत समुदायको सशक्तिकरण, उद्यमशीलता विकास र लैंगिक हिंशा न्यूनिकरणका लागि धेरै महत््वपूर्ण रहेको बताउनु भयो साथै परियोजनाका क्रियाकलापहरू धैरे भएको सानो र बजेटबाट उक्त क्रियाकलापहरु कार्यान्वयन गर्दा आश गरेबमोजिमको नतिजा हासिल गर्न समस्या हुने बताएका छन् ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले परियोजनको प्रभावकारीताका लागि जिल्ला समन्वय समितिको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिने उल्लेख गरे । विशेष अतिथिको रुपमा रहेका नगर प्रमुख दिपनारायण रिजालले भने –‘क्रिष्टियन एडको सहयोगमा यस नगरपालिकामा वी फील परियोजनाको लागू हुँदैछ । नगरपालिकाले उपमेयरसँग महिला कार्यक्रम लागू गर्दैछ जुन कार्यक्रमसँग यो परियोजना मेलखाने देखिएको र नगरको समृद्धि र विकासमा यसले योगदान गर्न सक्ने देखिएकोले नगरपालिकाको तर्फबाट परियोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकनका लागि नगरपाकिलाको पूर्ण सहयोग रहनेछ ।’ उनले थपे यो नगरपालिकामा यस परियोजना कार्यान्वयन गर्नका लागि लगानीकार्ता क्रिष्टियन एड प्रति नगरपाकिला आभार प्रकट गर्दछ ।

वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नं. १२ का वडा अध्यक्ष एवं नगरपालिकाका सामाजिक विकास फोकल पर्सन विकास राईले कृषकहरुलाई उत्पादन देखि वास्तविक उपभोक्तासम्म आफूले उत्पादन गरेको वस्तुमा पहुँच स्थापित गरिदिन सकेमात्र साचो अर्थमा कृषकहरुको आय बढ्ने र त्यसले समृद्धिको लागि योगदान गर्न सक्ने धारणा राखे ।

परियोजनालाई पारदर्शी र उपलब्धीमूलक बनाउन नगर स्तरीय परियोजना परामर्श तथा व्यवस्थापन समिति छिटै गठन गरिने पनि प्रस्तोता तथा परियोजना व्यवस्थापक युवराज रिजालले जानकारी गराए । परियोजनाको लागि क्रिश्चियन एडको रु १ करोड ४७ लाख ७ हजार २५८ तथा दिक्तेल रुपाकोट मmुवागढी नगरपालिकाको ५ लाख रुपैया लगानी रहेको छ । परियोजना १ डिसेम्बर २०१८ देखि ३० मार्च २०२१ सम्म कार्यान्वयन हुनेछ ।

तपाईको प्रतिक्रिया