फुलु भुजेल, काठमाडौं। ‘पठन प्रवृतिको विकास, सृजनशिलताको अभ्यास’ भन्ने उदेश्यका साथ २०७३ सालमा स्थापित संस्था ‘आभा for creativity’ ले मिति २०७५ पौष २८ गते शनिवारका दिन कालिकास्थान स्थित सर्वनाम थिएटरमा आभा काव्य लहर – ३ सम्पन्न गरेको छ ।
कविता विशेष सो कार्यक्रममा ४ जना कविहरुले २४ कविता सुनाएका थिए । कविहरु क्रमश: डा. देवी नेपाल, मनोज बोगटी, बि.पी. अस्तु, र सुरज पराजुलीले आ-आफ्ना ६/६ कविता वाचन गरेका थिए । बिहान ११ बजे देखि दिउँसो १:३० बजेसम्म चलेको उक्त कार्यक्रममा कविताप्रेमी, अग्रज बुद्दिजिवी लेखक,पत्रकारहरु तथा साहित्य अनुरागी मित्रहरुको बाक्लो उपस्थिती रहेको थियो । कलाका विभिन्न पाटो साहित्य, चित्रकला, प्रफमेन्स आर्ट, संगित तथा जनचेतनामूलक समाजसेवामा अनवरत रुपमा कदम चालिरहेको आभा For Creativity ले ‘आभा काव्य लहर’ शिर्षकको काव्य शृङ्खला २०७५ – असार देखी सुरु गरेको र कार्यक्रम हरेक तीनतीन महिनामा आयोजना हुने यस शृङ्खलाका कार्यक्रम संयोजक योगेश घिमिरेले बताए ।