मोस्ट वान्टेड अपराधी साहनीको प्रहरी मुठभेडमा मृत्यु

Halesi
0 Shares

भैरहवा । प्रहरीको खोजिको सूचीमा सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीका केदार साहनीको प्रहरी मुठभेडमा मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका– १० देशार पोल्ट्री फार्म अगाडिको चोकमा गएराति प्रहरीसितको मुठभेडमा साहनी मारिएका हुन् । दश वर्षदेखि जबर्जस्ती फिरौती असुली, हातहतियार खरखजना तथा कर्तव्य ज्यान, शरिर अपहरण बन्धकलगायत मुद्दामा फरार रहेका अभियुक्त साहनी मारिएको रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । पछिल्लो पटक साहनी सिद्धार्थनगर नगरपालिका– ८ कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरणपछि हत्या गरी फरार थिए । उनले गुरुङको गत असोज १२ गते हत्या गरेका थिए ।

साहनीले गुरुङलाई २०७१ भदौ २७ गते अपरण गरेका थिए । उनले गुरुङलाई अपहरण गरी नवलपरासीको बर्दघाट नगरपालिका– १० स्थित सामुदायिक वनमा लगेर रु एक करोड फिरौती मागेका थिए । “रकम नपाएपछि साहनीले गुरुङको हत्या गरेका थिए,” प्रहरी नायब उपरीक्षक कुमोद ढुङ्गेलले भन्नुभयो । उनी हतियार देखाइ सर्वसाधारणलाई त्रसित पार्दै रकम असुली गर्ने कार्यमा संलग्न थिए । साहनी तराईका भूमिगत समूहसँग आबद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया