आजको दिन भक्तपुरको वाकुपतिनारायण मन्दिरमा जाँदा यस्ताे लाभ हुने स्थानीयकाे जनविश्वास

Halesi
0 Shares

भक्तपुर। माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपतिनारायण मन्दिरमा मेला लागेको छ ।यी मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवती महिलाले प्रसादका रुपमा यी नारायण देवताको नाइटोमाथिको घिउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घिउ चाकु खाए छोरी लाभ हुने स्थानीय जनविश्वास रहेको छ ।

नेवारी भाषामा घिउ, चाकु सल्हुँ भनिने यस दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको धुइँचो लाग्ने गर्दछ । बिहान स्नान गरी जीउमा तेल घसेर घिउ, चाकु, तिलको लडडू, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हृष्टपुष्ट हुने मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने विश्वास गरिन्छ ।

आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पूजारी उत्तमाङराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाई पूजा गरेको माघे सङ्क्रान्ति मनाइने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया